Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदीमा आवासीय अनुमतिपत्र नपाउँदा नेपाली कामदार समस्यामा

काठमाडौं । साउदी अरबका कम्पनीहरुले साउदी आवासीय अनुमतिपत्र ९अकामा० नबनाइदिने गरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रुपमा काम गर्न बाध्य छन् ।

२२ महिनाअघि साउदी पुगेका नवीन नेपालीलाई पनि कम्पनीले अकामा नबनाइ दिएपछि नेपाली दूतावास रियादका अवैधानिक प्रतिनिधि तथा एनआरएन आईसीसी सदस्य विशालकुमार श्रेष्ठको सहयोगमा एक साताअघि उनी नेपाल फर्किएका थिए ।

सन २०२० मा साउदी पुगेका उनलाई कम्पनीले ६ महिनाको अकामा बनाइदिएको थियो । अकमा सकिएपछि कम्पनीले नवीकरण नगरेपछि उनी गैरकानुनी हैसियतले सोही कम्पनीमा १६ महिनादेखि काम गरिरहेका थिए ।

उनी गत १ सेप्टेम्बरमा दूतावास रियादबाट बहिर्गमन भिषाको सिफारिस लिएर ११ सेप्टेम्बरका दिन दूतावासका अवैधानिक प्रतिनिधि श्रेष्ठको सम्पर्कमा पुगेका थिए र सोही दिन बुरैदास्थित श्रमिक अदालतमा बहिर्गमन भिषाका लागि निवेदनको र एक्जिट भिषा प्राप्त गरी नेपाल फर्काउन सफल भएको गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077