Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने लक्षित विश्वप्रकाशको टिप्पणी - नयाँ हुँ भन्ने दलहरुले आफूलाई पुष्टि गरेर देखाउनु पर्छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनु पर्ने बताएका छन् ।

दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा एमाले झापा–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरुले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने धारणा राखे ।

कुनै राजनीतिक दल पुरानो हुँदैमा सक्कियो भन्न नमिल्ने महामन्त्री शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077