Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओली आफैँ कोशीमा ८ सीटको पछि हिँड्नुभयो : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले आफैँ कोशीमा ८ सीटको पछि लागेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीले केही दिनअघि कांग्रेस ३२ सीटे माओवादीको पछि हिँडेको टिप्पणी गरेका थिए।

त्यसको जवाफ फर्काउदैँ महामन्त्री शर्माले भने, ‘अस्ति केपी कमरेडले आरामले भन्दिनुभयो कांग्रेस ३२ सीटेको पछि लागेको छ भनेर। हो त सही हो। उहाँले बनाएर हिँड्नुभयो हामीले सँगै लिएर हिँड्यौँ। पुस १० गते उहाँले बनाउनुभयो। आज म कसरी भनौँ तपाईँ कोशीमा कांग्रेसको ८ सीटको पछि लाग्नुभयो नि भनेर। त्यसैले हामीले जिम्मेवार भएर लागौँ।’

उनले एउटाले अर्कोलाई आलोचना गर्न छाड्न समेत आग्रह गरे। उनले नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नयाँ भएर जान सुझाव दिए।

उनले सबै मिलेर यो देश मिलेर बनाउने अभियानमा लाग्न आग्रह गरे। उनले मंसिर ४ मा एमालेले उदार भावना देखाएकै कारणले आफू संसदमा आएको समेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077