Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार्कीको पक्षमा सनाखत गर्न ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेका दुवै पक्षका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा भेला भएका छन् ।

नेकपा एमालेका ३८ र नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षीय ८ जना सांसदहरू बिहान ८ः३० बजे नै सनाखतका लागि कोशी प्रदेश प्रमुख कहाँ पुगेका हुन् ।

बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कोसीका प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन समय दिएका थिए । कोशीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077