Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेललाई कमल थापाको आग्रह - पदमा बस्ने नैतिकता छैन, तत्काल राजिनामा दिनू

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजिनामा माग गरेका छ । पार्टी राजनीतिमा संलग्न राष्ट्रपति पौडेललाई पदमा बस्ने नैतिकता नभएको भन्दै उनले राजिनामा माग गरेका हुन् ।

कोशी प्रदेशमा मूख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको उनले जिकिर गरे ।

उनले लेखेका छन्, 'पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन । तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।'

राष्ट्रपति पौडेल समूह पदीय मर्यादा भुलेर शुक्रबार शेखर कोइरालालाई फोन गरी केदार कार्कीको दाबी फिर्ता गराउन लागि परेको समाचार सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077