Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीको चाडपर्व सुरक्षा योजना : २९ हजारबढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । सशस्त्र प्रहरी बलले चाडपर्व विशेष सुरक्षा योजना तयार पारेको छ । चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना तयार पारिएको हो ।

सुरक्षा योजनाअनुसार २९ हजार १५४ जना सशस्त्र प्रहरी परिचालित हुनेछन् भने २ हजार ९२९ जना तयारी हालतमा रहने छन् ।

चीन र भारतका सीमा क्षेत्रमा १२५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) स्थापना गरिएको छ ।

साथै झापाको पूर्वी नाका काँकडभिट्टाको मेची पुल ईलाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ र लागूऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त डग समेत परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077