Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा सांसदहरुको सनाखत गरेर भोलि मुख्यमन्त्री नियुक्त गर्ने सहमति

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङ र केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागदावी गरेका सांसदहरुबीचको छलफल सकिएको हो ।

कांग्रेसका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसदहरू र प्रदेश प्रमुख खापुङबीच भोलि सनाखत गरेर मुख्यमन्त्री नियुक्त गर्ने सहमति भएको छ ।

छलफलमा एमाले नेता हिक्मत कार्की र मुख्यमन्त्रीमा प्रस्तावित केदार कार्की सहभागी थिए भने अन्य सांसदहरू हलमा कुरेर बसेका थिए । माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसमभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुख कहाँ पुगेका थिए ।

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्की र समर्थन गरेको दल एमालेका दलका नेता हिक्मत कार्कीलाई भेटेर भोलि हस्ताक्षर सनाखत गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077