Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन केदार कार्कीलाई कोशी कांग्रेसको आग्रह

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले केदार कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।

कांग्रेसको कार्यसम्पादन समितिको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो ।

समितिले कोशीको कांग्रेस संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई पालना गर्न पनि अनुरोध गरेको छ।

बैठकले पार्टीलाई एकतावद्द बनाउन कोशी संसदीय दललाई अनुरोध समेत गरेको छ भने केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार काङ्ग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको छ ।

सत्तारूढ गठबन्धनले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। तर केदार कार्कीसहित कांग्रेसका सांसदहरूले उक्त निर्णयलाई चुनौती दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077