Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एपीएफमा युनिट सरुवाको सुरूवात, हरेक इकाइको आफ्नै आदर्श वाक्य

काठमाडौं । सशस्त्र प्रहरी बलले युनिट सरुवाको सुरुवात गरेको छ । नेपाली सेनाको जस्तै मोडलमा सशस्त्र एकै पटक ‘गुल्म टु गुल्म’ को सरुवा गरेको हो।

सशस्त्र प्रहरी बलको नम्बर १५ गण काभ्रेको ‘क’ गुल्म र नम्बर ७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेशनमा परस्परमा सरुवा गरिएको छ।

यसअघि नेपाली सेनाले गर्दै आएको यस्तो अभ्यास सशस्त्र प्रहरीले गरेको थिएन। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाइ बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत काभ्रे जिल्लामा तैनाथ रहेको नम्बर १५ गणको ‘क’ गुल्म आश्रित गुल्मको रुपमा सिन्धुली जिल्लामा तैनाथ थियो।

नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीअन्तर्गत सिरहा जिल्लाको नम्बर ७ गणको ‘क’ गुल्म मार्डरमा रही प्रस्तावित सीमा सुरक्षा गुल्मको रुपमा मातहत ३ वटा बिओपीसहित तैनाथ थियो।

सशस्त्र प्रहरी बल नेपालको संगठन भित्र बाहिनी, गण, गुल्म र प्लाटुन लगायतका संरचना रहेका छन्। हाल काभ्रे र सिरहाका गण मातहत गुल्म तहको परस्पर सरुवा गरेता पनि भविष्यमा गण तहका इकाइहरुको समेत सरुवा गरिने योजना रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यसैगरी सशस्त्रले हरेक इकाइको आ–आफ्नै आदर्श वाक्य समेत तय गरेको छ। इकाइगत अवधारणालाई प्रभावकारी बनाउन इकाइहरुको आ–आफ्नै आदर्श वाक्य समेत तय गरिएको सशस्त्रले जनाएको छ।

आदर्श वाक्य तय गर्दा इकाइमा कार्यरत कर्मचारीहरुको आफ्नो इकाइप्रति गौरवको भावना विकास हुने र सामुहिकताको भावना जागृत हुने सशस्त्र प्रहरी प्रधान कार्यालयले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077