विराटनगर । कोशी प्रदेशमा आज मुख्यमन्त्री नियुक्त गरिँदै छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा अपरान्ह ५ बजे सकिँदै छ ।
दिएको समयभित्र नै मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने हुन्छ। कोसीमा यसअघि संविधानका सबै उपधाराको प्रयोग गरेर सरकार गठन भइसकेको छ।
प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले बिहीबार दाबी पेस गरेका छन् ।