Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, कोशी ‘विद्रोह’बारे छलफल हुने

काठमाडौं । कोशी प्रदेशमा डा. शेखर कोइराला पक्षले ‘विद्रोह’ गरेपछि संस्थापन पक्षको आह्वानमा कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

कोशी कांग्रेसले शुक्रवार आवश्यक निर्णयको लागि भन्दै कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठक शुक्रवार विहान ११ बजे बस्नेछ ।

सत्ता गठबन्धनको निर्णयविरुद्ध नेकपा एमालेसँग मिलेर केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सभापति शेरबहादुर देउवा पक्षधर कांग्रेसले आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक बेलाएको छ ।

गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई उम्मेदवार बनाउन संस्थापन कांग्रेसले सहमति गरेसँगै पार्टीमा विद्रोह भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077