Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • काठमाडौं महानगरले दुई महिनामा उठायो एक अर्ब १७ करोड राजस्व

    काठमाडौं महानगरले दुई महिनामा उठायो एक अर्ब १७ करोड राजस्व

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 789
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपैयाँ राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौं महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।

    चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको राजस्व विभागका प्रमुख धुर्व काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४ करोड बढी राजस्व असुल भएको छ ।



    चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट रु. ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए । त्यसैगरी सम्पत्ति करबाट रु. २५ करोड असुल भएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेको भनाइ छ ।



    गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै ६४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्यरूपमा बढेका छन् । पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार