Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका दुई अधिकृतको विशेष बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले शारिरीक रूपमा अं‌गभंग भएर अशक्त भएका दुई कर्मचारीको विशेष बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक अरूण ढुंगानालाई प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित (शर्मा) लाई प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो ।

जिम्मेवारी बहन गर्नेक्रममा शारीरिक रूपमा अंगभंग गरेका कर्मचारीहरूको वृत्ति विकासलाई मध्यनगर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको छ ।

सोअन्तर्गत ढुंगाना र पण्डितलाई बढुवा सिफारिस गरिएको बताइएको छ । ढुंगाना र शर्मा द्वन्द्वकालमा विद्युतीय धरापमा परी गम्भीर घाइते भई अंगभंग भएका अधिकृत हुन् ।

बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरू सशस्त्र प्ररी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग अन्तर्गत रहने छन् । सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भएपश्चात सो व्यवस्था लागू भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077