Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अख्तियारका प्रमुख आयुक्त राईले भने - भ्रष्टाचार अन्तर्राष्ट्रियकरण भयो, ठुला कारोबारको डिलिङ विदेशमै हुन्छ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले एउटाले भ्रष्टाचार गर्ने अर्कोले पैसा लिने परिपाटी बढेको बताएका छन् ।

आज सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठको बैठकमा बोल्दै अख्तियार प्रमुख राईले यस्तो बताएका हुन् ।

भ्रष्टाचारको स्वरूप फेरिएर ‘करप्सन एउटाले गर्ने तर, पैसा अर्कोले लिने’ परिपाटी आएको राईले बताए ।

उनले भने– ‘भ्रष्टाचार एउटाले गर्छ तर, लेखनदासले पैसा लिन्छ ।’ लेखनदासले पैसा कहिले बाँड्छ भन्ने थाहा नहुने अख्तियार प्रमुख राईले बताए ।

त्यस्तै, प्रमुख राईले विदेशमा डिल गरेर नेपालमा भ्रष्टाचार हुने गरेको समेत बताए । उनले भ्रष्टाचार अन्तर्राष्ट्रियकरण भएको बताए । ठुला कारोबार सिंगापुर, हङकङ र युएईमा डिलिङ हुने गरेको राईको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077