Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सुदूरपश्चिम अधिवेशनः अध्यक्षका उम्मेदवारसहित तीन ३ जनाद्धारा उम्मेदवारी फिर्ता

धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।

हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भएपनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो।

प्रदेश अधिवेशनमा अध्यक्षका १ र उपाध्यक्षका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल तिमिल्सिना र उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ताको समय आज दिउँसो साढे १२ बजेसम्मका लागि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077