Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवलपरासीबाट १० लाख बराबरको पटाका बरामद

नवलपरासी । सशस्त्र प्रहरीले भारतीय बजारबाट भित्र्याएर विभिन्न ठाउँमा पुर्‍याउन तयारी भइरहेको पटका बरामद गरेको छ ।

पश्चिम नवलपरासीको रामग्रामबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा पटाका बरामद गरेको हो ।

रामग्राम नगरपालिका-१२ मा लुकाइछिपाइ राखेको १० लाख रुपैयाँ बराबरको पटाका बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर २६ गण हेडक्वाटरले जनाएको छ ।

रामग्रामबाट सुनवलको भुमही लैजानका लागि पिकअपमा लोड गर्दै गरेको अवस्थामा प्रहरीले पटका बरामद गरेको हो ।

बरामद भएको पटाकाको बजार मूल्य १० लाख रुपैयाँ भएको प्रहरीले जनाएको छ। बरामद पटाका जिल्ला प्रशासनका प्रतिनिधिको रोहबरमा नस्ट गरिएको छ ।

चाडपर्व नजिकिएपछि सीमा क्षेत्रबाट पटका ओसारपसार बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077