Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रसुवामा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–२ नेसिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु पाँचजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो।

नेसिङबाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारार्थ जिल्ला अस्पताल लगिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077