Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेसले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन सरकारलाई आग्रह पनि गरेको छ।

शनिबार भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077