Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि आज मतदान गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

उम्मेदवारी दर्ता भएपछि उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे प्रकाशन गर्ने तयारी छ। त्यही समयभित्र उम्मेदवारको विरोधमा उजुरी दिन निर्वाचन कमिटीले समय तोकेको छ।

उम्मेदवारी फिर्ता गर्न कमिटीले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ। निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

एमाले सुदूरपश्चिमको निर्वाचन समितिका अनुसार दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू हुनेछ ।
एमालेको सुदूरपश्चिम अध्यक्षका लागि तीन जनाले दाबी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077