Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दीमा टिकटक बनाए कारबाही गर्ने सशस्त्र प्रहरीको चेतावनी

काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्नो संगठनको बर्दी लगाएका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा राखे कारबाही गर्ने चेतावनी दिएको छ ।

सशस्त्र प्रहरीले संगठनको बर्दी लगाएर टिकटक, फेसबूकलगायतका सामाजिक सञ्जालमा तस्वीर तथा भिडियो राखे कारवही गर्ने बताएको हो ।

यसका लागि देशभरका युनिटहरूलाई परिपत्र गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अहिलेसम्म देशभरमा प्रहरी जवानदेखि सिनियर अधिकृतसम्म ५० जनाभन्दा धेरैलाई कारबाही गरिसकेको छ ।

विशेषगरी बर्दीमा बन्दुक बोकेर टिकटक बनाएको तथा कार्यालय समयमा बनाएर काममा असर परेकाले बन्द गरिएको सशस्त्रले जनाएको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा जथाभावी तस्वीर–भिडियो दुरुपयोग भएपछि नियन्त्रण गरिएको सशस्त्रले स्पष्ट पारेको छ । तर सशस्त्रका कर्मचारीहरूले ‘सिभिल ड्रेस’मा भने तस्वीर–भिडियो राख्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077