Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका ४९ जना प्रहरी निरीक्षक दीक्षित

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट सशस्त्र प्रहरीका ४९ जना निरीक्षक दीक्षित भएका छन् ।

आइतबार समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले दीक्षान्त समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण गराएका हुन् ।

विभिन्न तीन चरणमा भएको तालिममा पाँच जना महिलासहित ४९ जनाको सहभागिता थियो । तालिम ५६ सातासम्म सञ्चालन भएको थियो । आज तालिम पूरा गरेका सबैजना आजैदेखि कार्य क्षेत्रमा खटिएका छन् ।

तालिमका उत्कृष्ट स्थान हासिल गरेका प्रहरी निरीक्षकहरु ज्ञानचन्द्र पराजुली, पुष्करबहादुर बम, एजन खड्का र रोशन घिमिरेलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077