कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ।
आइतबार दिउँसो १२ बजेदेखि सुरु हुन लागेको प्रदेश अधिवेशनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।
पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले पहिलो प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । अधिवेशनका लागि नौ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेको जानकारी दिए।
अधिवेशनमा ६७५ प्रतिनिधि सहभागी रहने अध्यक्ष भण्डारीले जानकारी दिए। ९ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका छन् ।