Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री शर्माले भने - पीडित परिवारले चाहे मात्रै कैद मिनाहा गर्न सकिने कानुन बनाऔँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताएका छन् ।

सङ्घीय संसद भवनमा बोल्दै महामन्त्री शर्माले पीडित परिवारका सदस्यहरुले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

महामन्त्री शर्माले पीडित परिवार दोषिलाई माफी दिन तयार भएमा राष्ट्रपति समक्ष पुगेर माफि दिन सकिने बताए । उनले तर परिवार पनि धम्कि र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औंल्याउँदै नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने बताए ।

महामन्त्री शर्माले नेपालगञ्जका रिगल भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैद्यता दिनु नहुने जिकिर गरे । महामन्त्री शर्माले अदालतले सो निर्णयलाई वैधता दिएमा दण्डहिनता बढेर जाने बताए।

महामन्त्री शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको धारणा व्यक्त गरे । सरकारले जिम्मेवारपूर्ण भएर काम गरे नागरिकको विश्वास आर्जन हुने र यस्तो घटनाक्रमहरु रोकिने महामन्त्री शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077