Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाजिम्पाटको फो–९९ रेस्टुरेन्टको मःममा साङ्ला भेटिएपछि महानगरले लगायो ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले लाजिम्पाटको एक रेस्टुरेन्टमा ताला लगाएको छ ।

बिहीबार महानगरपालिका-३ स्थित लाजिम्पाटमा रहेको फो-९९ रेष्टुरेन्टमा बिक्री गरिएको मःममा साङ्ला भेटिएको गुनासोपछि महानगरको टोलीले बिहीबार अनुगमन गरेको थियो।

अनुगमन टोली उक्त रेस्टुरेन्टमा पुगी अनुगमन गर्दा त्यहाँ खान नमिल्ने अखाद्य वस्तुहरू भेटिएपछि महानगरले ताला लगाएको हो ।

पछिल्लो समय महानगरपालिकाले रेस्टुरेन्ट, क्याफेहरूमा अनुगमन गर्दै कारबाही गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077