Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोल्डेनगेट कलेजमाथि बालेनको छानबिन, छात्रवृत्तिका बिद्यार्थीसँग अवैध असुली

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित गोल्डेनगेट कलेजविरुद्ध काठमाडौं महानगरपालिकामा उजुरी परेको छ ।

छात्रवृत्तिमा अध्ययनरत बिद्यार्थीसँग शुल्क असुलेको आरोपमा छानबिन सुरु भएको हो । महानगरपालिकाले परीक्षा लिएर काठमाडौंका कलेजहरुमा छात्रवृत्ति दिलाएको थियो ।

तर, त्यसरी पूर्ण छात्रवृत्ति पाएका बिद्यार्थीसँग कलेजले विभिन्न शीर्षकमा चर्को असुली थालेको छ । कतिसम्म भने परीक्षाशुल्क मात्र १० हजार मागिएको छ । भर्ना शुल्क लिन नपाउनेमा यसअघि ५ हजार लिएको पुष्टि भएको महानगरपालिकाका एक कर्मचारीले बताए ।

‘विभिन्न शीर्षकमा कलेजले नियमविपरीत पैसा लिएको उजुरी परेका छन्,’ महानगरपालिकाको शिक्षा शाखाका एक कर्मचारीले भने,‘छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएका छौं ।’ गोल्डेनगेट एमाले नेता रमेश सिलवालको कलेज हो ।

काठमाडौंका अन्य केही ठूला कलेजले पनि यसैगरी छात्रवृत्तिका बिद्यार्थीसँग पैसा असुलेका उजुरी पर्न थालेका छन् । जसमा मेयर बालेनले कारबाही गर्न सक्छन् कि सक्दैनन् उनको लागि चुनौतीको विषय बनेको छ ।

यसअघि महानगरपालिकाले छात्रवृत्तिमा भर्ना भएका बिद्यार्थीसँग कलेजले पैसा मागेकामा उजुरी गर्न सूचना नै जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077