Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले गण्डकीको नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं । नेकपा (एमाले) गण्डकीमा नेतृत्व चयनका लागि आज बिहान मतदान हुँदैछ । अहिले बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु हुन लागेको हो ।

एमाले गण्डकी प्रदेश अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि रहेका छन् । बुधबार बिहान उम्मेदवारी दर्ताको समय तोकिएको थियो । दिनभरिको सर्वसम्मतिको प्रयास विफल भएपछि बिहीबार बिहान मतदान हुन लागेको हो ।

भोटिङ मेसिन प्रयोग गरेर चुनाव हुन लागेको निर्वाचन समितिले जनाएको छ । गण्डकी प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।

५ पदाधिकारीमा ११ जनाको उम्मेदवारी परेको निर्वाचत समितिले जानकारी दिएको छ । कुल ३ सय ८२ जनाको उम्मेदवारी परेको बताइएको छ। अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुँदै छ ।

वर्तमान प्रदेश अध्यक्षसमेत रहेका शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077