Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • दार्चुलाको टिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन

    दार्चुलाको टिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती दार्चुलाको टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।

    असोज १६ गते मंगलवारदेखि मोबाइल सेवा सञ्चालनमा आएको हो । अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।



    चीनसँग सीमा जोडिएको ब्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो।



    कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्‍याएको थियो। पहिले सो क्षेत्रमा भिस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए।

    अब भने टिंकर क्षेत्रमा रहेका करिब पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्नेछन्। यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरू समेत यसबाट लाभान्वित हुने कम्पनीले बताएको छ।

    करिब ३ हजार ७ सय मिटरको उचाइमा अवस्थित टिंकर भारतसहितको त्रिदेशीय सीमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दूरीमा अवस्थित छ।

    ​ त्यहाँबाट करिब ८ किलोमिटर हिँडेपछि चीनको सीमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ। नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरूमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार