Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सशस्त्र प्रहरीमा ६ महिनाभन्दा बढी काज बस्नेलाई सबै अवसरबाट वञ्चित

    सशस्त्र प्रहरीमा ६ महिनाभन्दा बढी काज बस्नेलाई सबै अवसरबाट वञ्चित

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 4.7K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी कर्मचारीहरूको लागि काज सम्बन्धी नयाँ मापदण्ड बनाएको छ ।

    व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्ति निरुत्साहित गर्ने गरी काजसम्बन्धी मापदण्ड बनाइएको हो ।



    नयाँ मापदण्ड अनुसार अब ६ महिना भन्दा बढी काजमा बसेमा सबै अवसरबाट वञ्चित गराइने छ । देशभरका इकाईलाई सोमबार परिपत्र गर्दै हेडक्वार्टरले कार्यान्वयनको निर्देशन दिएको छ ।



    वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई अधिकतम ६ महिना अवधिको लागि आफूलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिन सक्ने र उक्त समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्नेछ ।

    काज स्वीकृत भएका कर्मचारीहरूले ६ महिनाभन्दा बढी काज बस्नको लागि कबुलियतनामाको फाराम भरी दस्तखत गर्नुपर्ने तथा कबुलियतनामा उल्लेख भए अनुसारको सर्त नामा स्वीकृत भएको ६ महिना काज सुविधा उपयोग गरिसके पश्चात् लागू हुनेछ ।

    तोकिएको समय अवधिभित्र आफ्नो समस्यालाई समाधान गरी सम्बन्धित कार्यालयमा हाजिर हुन नगएमा कबुलियतनामा फाराममा उल्लेख भएका कल्याणकारी सेवा सुविधा, अनपोल तथा एफपीयु मिसन, विदेश तालिम तथा अन्य निकायबाट सञ्चालन हुने तालिम, कमान्ड लगायतका सुविधाबाट वञ्चित हुनुपर्ने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार