Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरी बल मुख्यालयमा पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा पानी प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको छ ।

नवनिर्मित पानी प्रशोधन तथा वितरणस्थलको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उद्घाटन गरेका हुन् ।

यसभन्दा अगाडि प्लाष्टिकका बोतल तथा जार खरिद गरी आपूर्ति गरिँदै आएको पिउने पानीलाई निरुत्साहित गर्दै पिउने पानीको गुणस्तरमा शुद्धता एवं विश्वसनीयता र खर्चमा मितव्ययीता कायम गर्ने अभिप्रायले मुख्यालयमा पहिलोपटक प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।

मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने उद्देश्यले संचालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्ट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077