काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटालाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको सोमबारको इजलासले सापकोटालाई जेल चलानको आदेश दिएको हो।
खुकरी प्रहार गरेपछि पक्राउ परेका सापकोटाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।
१० वर्षसम्म कैद सजाय मागदाबी गर्दै दायर भएको मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
गत भदौ २० गते रिपोर्टस् क्लबमा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारपछि सापकोटा राजसंस्था जिन्दावाद भन्दै चिच्याएका थिए।