Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी

काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

सोमबार राति सम्पन्न मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए ।

अध्यक्षमा खतिवडासँगै पदाधिकारीमा उनका प्यानलका सबै निर्वाचित भएका छन्।

सोमबार राति भएको मतगणनाअनुसार खतिवडासहित उनका प्यानलका पदाधिकारीहरु विजयी भएका हुन्।

खतिवडाले अब ३ वर्ष प्रदेश पार्टीको नेतृत्व गर्नेछन्। मनास्लु पार्टी प्यालेसमा आइतबारराति अबेरसम्म मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077