Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँ महानगरद्वारा एक दोहोरी साँझलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याद गुज्रिएको मदिरा (बियर) बिक्री वितरण गर्ने एक व्यापारीलाई दुई लाख जरिवाना तिराएको छ ।

महानगरपालिकाले वडा नम्बर १६ ठमेलस्थित देवदास मानन्धरद्वारा सञ्चालित न्यू भिम स्टोरलाई दुई लाख जरिवाना गराएको हो । काठमाडौंको ठमेलमा रहेको एक दोहोरी साँझमा म्याद नाघेको बियर बिक्री गर्ने गरेको खुलेको छ ।

बजार अनुगमनको क्रममा ठमेलस्थित गामबेंसी दोहोरी साँझमा ग्राहकलाई म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

बजार अनुगनमा क्रममा महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ (ड) बमोजिम उक्त कारबाही गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077