Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कोशीको नेतृत्व छान्न रातभरि चल्यो मतदान, दिउँसो १ बजेपछि मतगणना

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयन गर्न भएको निर्वाचन मध्यरातमा सकिएको छ । आज मतगणना गरिने एमालेले जनाएको छ । दिउँसो १ बजेपछि मतगणना सुरु हुनेछ ।

आइतबार बिहान ११ बजेदेखि मतदान कार्यतालिका रहे पनि १० बजे रातिमात्रै सुरु भएको थियो । ३७ स्थानमा एकै पटक मत खसाल्ने व्यवस्था मिलाइएको थियो ।

निर्वाचनबाट पाँच पदाधिकारीसहित २१५ जना निर्वाचित हुनेछन् । अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।

आइतबार रातभर चलेको मतदानमा ९९७ मध्ये ९७७ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077