Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सप्तरीमा सीमावर्ती क्षेत्रबाट १ सय वटा वाकिटकी बरामद

सप्तरी । सशस्त्र प्रहरी बलले आइतबार सप्तरीको विभिन्न स्थानबाट लाखौं रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका९ २ मोहनपुरबाट आइतबार करिब ८ लाख रुपैयाँ बराबरको चोरी पैठारीको वाकीटकी बरामद गरेको हो ।

उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए। विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यसैगरी छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुरस्थित सीमावर्ती क्षेत्रबाट सप्रनि खडकाको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको तीन बोरा मैदा बरामद गरेको छ।

बलान विहुल गाउँपालिका बेल्हीस्थित सीमावर्ती क्षेत्रबाट दुई लाख २५ हजार मूल्य बराबरको मोटरसाइकल र प्रिन्टर मेसिनसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बिओपी बेल्हीबाट खटिएको पैदल गस्ती टोलीले भारतीय बिआर ०७ डब्ल्यु ०४८७ नम्बरको मोटरसाइकलमा राखी भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको प्रिण्टर मेशिन बरामद गरेको हो।

सशस्त्र प्रहरीले डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर नहरस्थित कटैयाबाट कागजपत्र र नम्बर प्लेट नभएको भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077