Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन गृहसचिव भट्टराईको आग्रह

काठमाडौं । सुरक्षित कार्यस्थलको माग गर्दै डाक्टरहरूले आन्दोलन जारी राखेपछि गृह मन्त्रालयले आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिको बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन् ।

सचिव भट्टराईले आन्दोलनरत चिकित्सकहरूलाई सम्बोधन गर्दै सरकारले माग पूरा गरेकोले आन्दोलन फिर्ता लिई उपचारमा फर्कन आग्रह गरे ।

मणिपाल लगायतका अस्पतालमा चिकित्सकहरुमाथि आक्रमण भएपछि देशभरका रेसिडेन्ट चिकित्सकहरु आन्दोलनरत छन् ।

चिकित्सक कुटपिटमा संलग्न व्यक्तिलाई ८ घण्टाभित्र पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाएको बताउँदै आन्दोलनरत चिकित्सकले उठाएका आधारभूत माग सरकारले पूरा गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077