Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • थेगिनसक्नु भीआइपीको भार

    थेगिनसक्नु भीआइपीको भार

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 894
    SHARES

    काठमाडौं । तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन् । सुरक्षा दिने प्रयोजनबाट मन्त्रालयले भिआइपी सम्बन्धी कार्यविधि बनाएको थियो ।

    कार्यविधि पछ्याउँदा अहिले भिआइपीका नाममा राज्यको ढुकुटी दुरूपयोग भइरहेको छ । अब यस्तो हुन नदिन सरकारले भिआइपी सम्बन्धमा नयाँ कार्यविधि बनाउने प्रक्रिया अघि बढाएको छ ।



    यसका लागि कार्यविधि मस्यौदा तयार भइसकेको छ । मुलुकमा प्रचलित कार्यविधिअनुसार विभिन्न उच्च ओहोदामा रहेका वर्तमान र पूर्वगरी दुई किसिमका भिआइपी छन् । वर्तमानमा पनि अतिविशिष्ट (भिभिआइपी) र भिआइपी गरी दुई किसिमबाट व्याख्या गरिएको छ । पूर्व भिआइपीको संख्या वर्तमानको भन्दा बढी छ ।



    अब क-कसलाई अतिविशिष्ट र क-कसलाई विशिष्ट व्यक्ति भन्ने विषयमा व्याख्या गरी गृह मन्त्रालयले कार्यविधिको नयाँ मस्यौदा बनाएको हो । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले विशिष्ट व्यक्तिका सम्बन्धमा कार्यविधिको मस्यौदा तयार भइसकेको बताए । ‘कार्यविधिको मस्यौदा तयार भइसकेको छ । २०८० सालमै कार्यविधि आउँछ,’ उनले भने । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार