Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयले भन्यो - कार्यालयमा हाजिर भएपछि अनिवार्य योग र ध्यान गरेरमात्र काम थाल्नू

काठमाडौं । गृह मन्त्रालयले कर्मचारीहरुलाई बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न भन्दै परिपत्र गरेको छ ।

मन्त्रालयले उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च-तहसम्मका कर्मचारीहरुलाई कार्यालयमा हाजिर भएपछि हरेक दिन योगाभ्यास गरेर मात्र काम सुरु गर्न परिपत्र गरेको हो।

एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको छ ।

योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

निर्देशनअनुसार कार्यालय समयभित्र नै कर्मचारीले १५ मिनेट योगअभ्यास गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077