Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका एसपीहरुको कमाण्ड पूर्वानुमान सूची प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले २०८१ सालमा गण कमाण्ड गर्ने सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरूको पूर्वानुमान सूची प्रकाशन गरेको छ ।

सबै सशस्त्र प्रहरी कर्मचारीहरुलाई समान अवसर प्रदान गर्ने नीति संगठनले लिए बमोजिम सशस्त्र प्रहरी बल नेपालका गण कमाण्डको लागि ५० जनाको मुख्य र १० जनाको वैकल्पिक सूचीमा गरी जम्मा ६० जना एसपीहरुको नामावली प्रकाशित गरिएको हो ।

प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखाले केन्द्रीय ज्येष्ठताको आधार तयार गरी कमाण्डको जिम्मेवारी प्राप्त नगरेका उपरीक्षकहरुको पूर्वानुमान सूची तयार गरेको हुँदा संगठनले तर्जुमा गरेको नीतिलाई सबैले आत्मसाथ गरी प्राप्त जिम्मेवारीलाई इमान्दारी पूर्वक सम्पादन गर्नु सबैको कर्तव्य रहने मुख्यालयले विश्वास व्यक्त गरेको छ।

एफपीयु मिशन, अनपोल मिशन, प्रोफेसनल लेभलको यूएन मिशन र एक वर्षभन्दा बढी अवधिको विदेश तालिमबाट फिर्ता भएका अधिकृतहरुलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरुवा नगरिने संगठनको नीति रहेको छ ।

एक पटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका उपरीक्षकहरुलाई पहिलो प्राथमिकता राखेर पूर्वानुमान सूची तयार गरिएको हो। यसैगरी पूरा अवधि कमाण्ड नगरेका उपरीक्षकहरुलाईसमेत कमाण्ड गरेको अवधिको आधारमा कमाण्डको अवसर पाउने गरी पूर्वानुमान सूची तयार गरिएको हो।

संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई कार्यान्वयन भएपछि लामो समय एउटै दर्जामा बस्नुपर्ने बाध्यता, सरुवा तथा बढुवा बाहिरी भनसुनको व्यवस्था अन्त्य भएको सशस्त्र प्रहरीले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077