Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीका नगर प्रहरी प्रमुख मल्ल बर्खास्त, भन्छन् - कुरौटे कार्यालय सहयोगीको कुरा सुनियो

धनगढी । कैलालीस्थित धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सईलाई बर्खास्त गरिएको छ । मेयर गोपाल हमालको निर्देशनमा नगर प्रहरी प्रमुख सई कृष्ण मल्ललाई सोमबार जागिरबाट हटाइएको हो ।

मेयर हमालले हालै गरेको छड्के अनुगमनका क्रममा उनी ड्युटीमा नभेटिएर घर बसेको पाइएपछि नगर प्रहरीका सई मल्ललाई जागिरबाट हटाइएको बताइएको छ । प्रमुख प्रसाशकिय अधिकृत रामलाल श्रेष्ठले मल्ललाई सोमबार नै बर्खास्त गरेर असई चेतराज जोशीलाई जिम्मेवारी दिएको बुझिएको छ ।

तर यता जागिरबाट हटाइएका सई मल्लले प्रशासनलाई बिदा माग्दा पनि नपाए बताए । उनले बिदा माग्दा पनि नपाएर सेकेन्डलाई वुझाइ कहिले काही काम परेपछि बिरामी भेट्न २-४ घण्टा राति जाँदाको निहुँ भएको बताए ।

१ बर्षमा १ दिन बिदा नलिई नगरपालिकाको काम गरेको तर कुरौटे कार्यालय सहयोगीको कुरा सुनेर आफूलाई जागिरबाट हटाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077