Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगर र ईः का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ । फुटपाथ व्यापारीहरूले यथास्थानमा समय नतोकेर व्यापार गर्न पाउनुपर्ने बताएपछि वार्ता निष्कर्षविहीन सकिएको हो ।

महानगर तत्कालका लागि निश्चित ठाउँ र समय तोकेर व्यापार गर्न दिन सकिने विषयमा छलफल गर्न सकिने बताएको थियो । तर अभियन्ता ईः का प्रतिनिधिले यथास्थानमा समय नतोकेर व्यापार गर्न पाउनुपर्ने अडान लिएका हुन् ।
करिब तीन घण्टासम्म चलेको छलफलमा कुनै सहमति भने हुन सकेन ।

ईः आठ दिनदेखि काठमाडौं महानगरपालिकाको गेटमा उभिरहेका छन् । उनको पक्षमा समर्थन बढ्दै गएपछि महानगर वार्ताका लागि तयार भएको थियो ।

वार्तामा महानगरपालिका र ईस्को समूहका पाँचरपाँच जनाको सहभागिता रहेको थियो। महानगरपालिकाको तर्फबाट मेयरको सचिवालयको तर्फबाट दुई जना, दुई जना वडाध्यक्ष, एक जना कानुन विभाग प्रमुखसहित पाँच जना थिए।

त्यसैगरी अभियान्ता ईः को तर्फबाट गोविन्द नारायण तिमिल्सेना, सञ्जय अधिकारी, फुटपाथ व्यवसायीको प्रतिनिधिसहित पाँच जना थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077