Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वअर्थमन्त्री पाण्डे भन्छन् - शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन ।

मंगलबार काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

यसअघि पनि सेयर धितो कर्जामा लगाएको सीमा हटाउने माग गरेको तर अहिलेसम्म सरकारले त्यो काम गर्न नसकेको बताए । कुल कर्जाको १० प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न पाउनुपर्ने बताए ।

उनले शेयर बजारमा अहिले जोखिम नभएको भन्दै कर्जाको जोखिम भार पनि १०० मा झार्न आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077