काठमाडौं । नेपाल र मित्र राष्ट्र चीनबीच भएको १३ बुँदे सम्झौता संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।
जसमा विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा परियोजना रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालको औपचारिक भ्रमणका क्रममा चीन सरकारले जतिसक्दो छिटो पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रधानमन्त्री दाहालकै भ्रमणका क्रममा नेपाल र चीनले मंगलबार जारी गरेको संयुक्त वक्तव्यमा दुई देशबीच रहेका पारम्परिक सीमा व्यापार विन्दुहरूलाई पनि पुनः खोल्ने समझदारी भएको उल्लेख छ । त्यस्तै लिजी नेचुङ बन्दरगाह र झाङ्मु-खासा सर्वसाधारणका लागि खोलिएकोमा दुवै पक्षले स्वागत गरेको पनि वक्तव्यमा जनाइएको छ ।
२०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका भोटेकोशीको बाढी, कोरोनाकालमा बेलाबेला खुल्ने, बन्द हुने भइरह्यो । उक्त अवधिमा सामान आयात भए पनि आउजाउ भने बन्द थियो ।
तीन साताअघि औपचारिक रूपमा नाका खुलेयता सोमबारसम्म चीनबाट ८ सय २० पर्यटक नेपाल घुम्न आएको अध्यागमन कार्यालय कोदारीका प्रमुख रवीन्द्र पोखरेलले बताए । विशेषगरी तिब्बतको ल्हासा र सिगात्सेबाट नेपाल घुम्न आउनेको संख्या अधिक रहेको अध्यागमन कार्यालयले बताएको छ ।
त्यस्तै छेन्ताङ-किमाथांका र रिवु-ओलाङचुङगोला बन्दरगाह खोल्ने विषयमा पनि दुई पक्षबीच कुराकानी जारी रहने संयुक्त वक्तव्यमा उल्लेख छ ।
यातायात र राजमार्ग विस्तारका सन्दर्भमा यसअघि भएका सहमतिहरूलाई कार्यान्वयनमा लैजाने विषयमा पनि चीन र नेपालबीच छलफल संयुक्त वक्तव्यमा भनिएको छ । त्यस्तै नेपालले चीनलाई एक जोडी गैंडा दिने जनाइएको छ ।
यस्तो छ चीन र नेपालको संयुक्त विज्ञप्ति :
Leave a Reply