Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद्‍ विस्तार

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री कार्कीले सोमबार दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले लिला बल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको रुपमा नियुक्त गरेका छन् भने बुद्धी कुमार राजभण्डारी खानेपानी सिँचाई तथा उर्जामन्त्री नियुक्त गरेका छन् ।

त्यस्तै रामप्रसाद मेहता उद्योग कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भए भने निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका छन् ।

यससँगै कोशी प्रदेश सरकार ९ सदस्यीय बनेको छ । आर्थिक मामिला, सामाजिक विकास र उद्योग मन्त्रालय गरी तीन मन्त्रालय भने मुख्यमन्त्री कार्कीले नै सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077