Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अभियन्ता ई: ले भने - मेयर बालेन वार्ता गर्न आउनुभएको छैन

काठमाडौं । राष्ट्रियसभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ई:ले आफूहरूलाई भेट्न मेयर बालेन्द्र साह (बालेन) नआएका प्रष्टाएका छन्।

अभियन्ता ई लगायतका कुरा सुन्न आफू उनीहरू उभिइरहेकै ठाउँमा पुगेको दाबी गर्दै मेयर बालेनले फेसबुकमा स्टाटस लेखेका थिए।

मेयर बालेनले लेखेको एउटा सन्देशप्रति जवाफ दिँदै ईस् ले वार्ताका लागि बालेन बोलाउन आएको नभइ नगर प्रहरी आएर हप्काउँदै आफूलाई पार्किङ लटमा बोलाएको बताए ।

नगर प्रहरीले बोलाउँदा पनि आफूहरुले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधिलाई बोलाउन ३० मिनेट समय मागेको उनको भनाइ छ।

तर, नगर प्रहरीले भने ‘त्यसोभए मेयरले भेट्दैन’ भनेर जवाफ दिएको ईस् ले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077