Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘ईः’को आन्दोलनबारे मेयर बालेनले भने - संवादमा बोलाउँदा आएनन्, वार्ता उहाँहरूको नेतासँग गर्नुपर्ने हो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूविरुद्ध प्रदर्शन गरिरहेका अभियन्ताहरूलाई संवादका लागि बोलाए पनि नआएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर बालेनले राष्ट्रियसभा गृह अगाडि आन्दोलनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा पनि नआएको दाबी गरेका हुन्।

मेयर बालेनले आफूविरुद्ध प्रदर्शनमा रहेका समाजिक अभियन्ताहरु ‘राजनीतिक स्वार्थ’मा जोडिएको बताए।

मेयर बालेनले भने,‘विगत केही दिन देखि केही अभियानताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियानताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन। लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सयाद कुनै राजनितिकी स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं।के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने?’

मेयर बालेन आफू संवादका लागि तयार भए पनि आन्दोलन राजनीतिक स्वार्थसँग जोडिएका कारण अभियन्ताहरू नै संवादमा नआएको बताए । आफूलाई ‘ईः’ भनेर चिनाउन अभियन्ता इशान श्रेष्ठको अगुवाइमा राष्ट्रिय सभा गृहअगाडि गत मंगलबारदेखि आन्दोलन सुरु गरेका थिए ।

चुनावको समयमा बालेनले प्रतिज्ञा गरे अनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै उनले उभिएर विरोध गर्दै आइरहेका छन् ।

आफू स्वयम् नै अभियन्ताहरुको धर्नास्थलमा गएर वार्ताका लागि अनुरोध गरेको, तर उनीहरु वार्तामा नआएको मेगर बालेनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077