Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच द्विपक्षीय भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी ली छियाङबीच औपचारिक भेटवार्ता जारी छ । दुई प्रधानमन्त्रीबीच बेइजिङस्थित ग्रेट हल अफ दी पिपलमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा छन् । यसअघि, आजै प्रधानमन्त्री प्रचण्डलाई ग्रेट हल अफ दी पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो ।

प्रधानमन्त्रीद्वय प्रचण्ड र छ्याङबीचको द्विपक्षीय भेटवार्तामा नेपाल–चीन विविध सहयोग सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ।

सोमबार नै प्रधानमन्त्री प्रचण्डले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077