Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र नेसनल पिपुल्स कंग्रेसका अध्यक्ष लेजीबीच भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिनियाँ नेसनल पिपुल्स कंग्रेसका अध्यक्ष चाओ लेजीसँग भेट गरेका छन् ।

उनले सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा अध्यक्ष लेजीसँग भेट गरेका हुन् । भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो भ्रमणलाई महत्त्व दिएको भन्दै अध्यक्ष लेजीसँग प्रशन्नता व्यक्त गरे।

उनले राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता उपलव्धीमूलक भएको दाबी गरे । अध्यक्ष लेजीले प्रचण्ड र राष्ट्रपति चिनफिङबीचको भेट फलदायी भएको आफूले पनि थाहा पाएको सुनाए ।

यस्तै प्रधानमन्त्री प्रचण्डले आज चिनियाँ समकक्षी ली छियाङसँग पनि द्विपक्षीय भेटवार्ता गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077