Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो, आदेश मंसिर १८ मा आउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतले आइतबार रिट निवेदक र विपक्षी दाहालका कानुन व्यवसायीको बहस सुनिसकेर निर्णय सुनाउने मिति तोकेको हो ।

सर्वोच्च अदालतका अनुसार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले बहस सुनिसकेर आदेश सुनाउने मिति आगामी मंसिर १८ मा तय गरेको छ ।

दाहालले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । दाहालको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै त्रिपाठीले २०७३ जेठ १२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

२०७३ जेठमा द्वन्द्वकालीन मुद्दामा माओवादी कार्यकर्ताहरु पक्राउ परेर नियमित अदालतले आदेश दिन थालेपछि दाहालले अदालतविरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077