Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब चिनियाँ लगानी नेपालमा भित्रन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नेपालमा चिनियाँ लगानी भित्रने बताएका छन् ।

चीन भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेपछि नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले आइतबार नै चिनियाँ ‘बिजनेस कम्युनिटी’लाई नेपालमा लगानी गर्न नीतिगत र कानुनी जटिलता नरहेको आश्वस्त पारेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “अब चिनियाँ लगानी नेपालमा भित्रन्छ ।”

शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङको भेटमा पनि हवाई यातायात, बाटो, पर्यटन, कृषिलगायतका क्षेत्रमा कसरी नेपाललाई सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077