Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको निसीखोला गाउँपालिका, कानाबगरस्थित कालापैरा खोलामा आएको बाढीले बागलुङबुर्तिबाङपूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो

सडक शनिबार दिउँसोदेखि अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौं, पोखरा, बागलुङलगायत स्थानमा छुटेका मालवाहक तथासवारीसाधन ठप्प भएका छन् लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन्

रातभर भारी वर्षा भएको अहिले केही कम भएकाले खुलाउने प्रयास भएको निसीखोला गाउँपालिका का अध्यक्ष टीकानिधि पौडेललेजानकारी दिए बाढीले करिब २०० मिटर कालोपत्र सडकमा क्षति पुर्‍याएको अध्यक्ष पौडेलको भनाइ

बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौं बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उनले बताए योठाउँमा पानी पर्‍यो भने माथिबाट लेदोसहितको ठूलो बाढी, बाढीले एकैछिनमा सबै सडक पुरिदिन्छन् सडक अवरुद्ध हुँदा सयौँ यात्रुअलपत्र पर्दै आएका छन्

बर्खा लागेपछि अहिलेसम्म धेरैपटक यहाँ बाढी आएर सडक अवरुद्ध बन्यो जतिपटक बाढीले सडक अवरुद्ध बनाउँछ, त्यतिपटकलोकमार्गसँग सहकार्य गरेर खुलाएका छौँ,” अध्यक्ष पौडेलले भने, “अब केही छिनमा सडक खुल्नेछ आज पनि वर्षा होलाजस्तो रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077